लिस्बन (पोर्चुगल)। नेपालीहरूको राष्ट्रिय पर्व र तामाङ समुदायको नयाँ वर्ष मञ्जुश्री संवत् २८६२ ता–ल्हो ९घोडा वर्ग० सोनाम ल्होछारको अवसरमा पोर्चुगलमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगल कार्यसमितिको आयोजनामा ८ फेब्रुअरी २०२६ का दिन बिहान १२ बजे República da Música, Lda, Rua do Centro Cultural, 29, 1700-106 Lisboa, Portugal कार्यक्रम सम्पन्न हुने आयोजकले जानकारी दिएका छन्।
कार्यक्रममार्फत सोनाम ल्होछारको सांस्कृतिक, सामाजिक र ऐतिहासिक महत्व प्रवासमा रहेका नेपाली समुदायबीच प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। यस अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक तथा संगीतकार उर्गेन दोङ र गायिका रमला पाख्रिन तामाङको विशेष सांगीतिक प्रस्तुति रहनेछ। त्यस्तै, पोर्चुगलस्थित स्थानीय कलाकारहरूले मौलिक तामाङ सांस्कृतिक नृत्य, गीत र विविध सांगीतिक प्रस्तुति प्रस्तुत गर्नेछन्।
आयोजकका अनुसार कार्यक्रममा पोर्चुगलस्थित नेपाली नियोगका प्रमुख, NRNA–NCC पोर्चुगलका अध्यक्ष, विभिन्न वैचारिक तथा सामाजिक संघ–संस्थाका प्रतिनिधि, पत्रकार, व्यवसायी, कलाकार र साहित्यकारको उपस्थिति रहने अपेक्षा गरिएको छ।
नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलले सम्पूर्ण नेपाली समुदाय, शुभेच्छुक र शुभचिन्तकहरूलाई कार्यक्रममा उपस्थित भई उत्सवको शोभा बढाउन आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्