पूर्वाधार वाच, काठमाडौं।
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ३२औँ वार्षिक साधारण सभा (AGM) आज काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा सफलतापूर्वक सम्पन्न भएको छ।
अध्यक्षता र सहभागिता
सञ्चालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अञ्जू श्रेष्ठ, सञ्चालक समिति सदस्यहरू तथा सेयरधनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
लाभांश र लेखापरीक्षकसम्बन्धी निर्णय
साधारण सभाले सञ्चालक समितिको प्रस्तावअनुसार आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाबाट स्वीकृत गरिएको छ।
व्यवसायिक प्रगति र आगामी योजना
सभामा अध्यक्ष श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बीमा व्यवसाय विस्तार, वित्तीय अवस्था र भावी रणनीतिबारे जानकारी गराएका थिए।
सीईओ अञ्जू श्रेष्ठले कम्पनीको समग्र कार्यसम्पादन सन्तोषजनक रहेको उल्लेख गर्दै आगामी दिनमा सेवाको गुणस्तर अभिवृद्धि गर्नुका साथै डिजिटल बीमा प्रणालीलाई थप सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरिन्।
सौहार्दपूर्ण वातावरणमा सभा सम्पन्न
सेयरधनीहरूको सक्रिय सहभागितासहित साधारण सभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको कम्पनीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्