images
images
images

कबिर शर्मा फुंयालको नेतृत्वमा काठमाडौँ क्षेत्र नं. २ मा चुनावी विशेष भेला सम्पन्न

images

पूर्वाधार वाच, काठमाडौं ।

यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नम्बर २ का उम्मेदवार कबिर शर्मा फुंयालको नेतृत्वमा आयोजित चुनावी प्रचार–प्रसार सम्बन्धी विशेष भेला आज सम्पन्न भएको छ । रोयल पार्टी प्यालेस, मुलपानी क्रिकेट स्टेडियम अगाडि आयोजित भेलामा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर २ द्वारा आयोजना गरिएको उक्त भेलामा पार्टीका इकाई सभापति, क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि, नगर तथा प्रदेश समिति पदाधिकारी, जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा जनप्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो । भेलामा आगामी निर्वाचनलाई प्रभावकारी ढंगले अगाडि बढाउने, घरदैलो अभियानलाई तीव्रता दिने र पार्टी संगठनलाई अझ मजबुत बनाउने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार कबिर शर्मा फुंयालले लोकतन्त्र, सुशासन र समावेशी विकास नेपाली कांग्रेसको मुख्य एजेन्डा रहेको उल्लेख गर्दै काठमाडौँ क्षेत्र नम्बर २ का जनताको भरोसा जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । समाजका पुराना समस्यालाई आधुनिक र वैज्ञानिक विधिबाट समाधान गर्ने उनको भिजन, सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको दृढ संकल्प तथा शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा केन्द्रित विकास योजना सार्वजनिक गरिएको छ ।

लामो समयदेखि पार्टी संगठन निर्माण, सुदृढीकरण तथा लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका शर्मा उम्मेदवार बनेसँगै क्षेत्रीय राजनीतिक गतिविधि थप सक्रिय बनेको छ । उनले पार्टीभित्रको एकता र कार्यकर्ताको सक्रियताले निर्वाचनमा कांग्रेसको जित सुनिश्चित हुने विश्वाससमेत व्यक्त गरेका छन् ।

भेलाले निर्वाचन प्रचार–प्रसारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गर्दै सबै तहका नेता तथा कार्यकर्तालाई आ–आफ्नो जिम्मेवारीमा सक्रिय भएर लाग्न आह्वान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्