काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् ।
माघ २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी शर्मालाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाडौं जिल्ला कागेश्वर मनोहरा नगरपालिका–८ घर भएका शर्मासँग बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव छ ।
उनले माछापुच्छ्रे बैंक र तत्कालीन सनराइज बैंकमा सीईओको जिम्मेवारी सम्हालेका थिए भने ग्लोबल आइएमई बैंकमा डेपुटी सीईओका रूपमा पनि कार्य गरेका छन् ।
उनले बैंकिङ करिअरको सुरुआत नेपाल एसबिआई बैंकबाट गरेका हुन् ।
बैंक पछिल्लो समय बढ्दो निष्क्रिय कर्जा र लाभांश वितरण नहुनुजस्ता चुनौतीमा रहेकाले शर्माको नेतृत्वले प्रभु बैंकलाई सुधारको बाटोमा लैजाने अपेक्षा गरिएको छ ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको निष्क्रिय कर्जा ७.९४ प्रतिशत पुगेको छ भने पछिल्ला तीन आर्थिक वर्षदेखि बैंकले लाभांश वितरण गर्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्