पूर्वाधार वाच, काठमाडौं ।
कुमारी सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड (KUSCCOOP) को २१ औँ र २२ औँ संयुक्त वार्षिक साधारणसभा आज काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ । कुमारी चोक, मित्थराघाट, चाबहिलस्थित कार्यालयको आयोजनामा सम्पन्न साधारणसभा नयाँ कार्यसमिति चयन गर्दै औपचारिक रूपमा सम्पन्न भएको हो ।
साधारणसभाले संस्थाको आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरणहरू पारित गरेको छ । सभामा संस्थाको हालसम्मको प्रगति, सेवा विस्तार, सदस्य हित तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो ।
नयाँ सञ्चालक समिति चयन
संयुक्त वार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समिति चयन गरिएको छ । चयन अनुसार
– अध्यक्ष : राज दाहाल
– सचिव : गंगा दुलाल
– कोषाध्यक्ष : सरला ढकाल
– लेखा चौक्ता : चोक्त प्रसाद भट्टराई
नियुक्त हुनुभएको छ ।
संस्थाको आगामी योजना
नव–निर्वाचित अध्यक्ष राज दाहालले सदस्यको विश्वास नै संस्थाको मुख्य शक्ति रहेको उल्लेख गर्दै पारदर्शी वित्तीय व्यवस्थापन, डिजिटल सेवा विस्तार तथा सदस्य केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सहकारी मूल्य, मान्यता र अनुशासनलाई अझ सुदृढ बनाउँदै संस्थालाई दिगो रूपमा अगाडि बढाइने बताउनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्