रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई रौतहटबासीले जंगलराज स्वीकार्य नगर्ने कडा चेतावनी दिएका छन् ।
रौतहट–३ का उम्मेदवार समेत रहेका साहले आज मर्यादपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन् । रास्वपाका कार्यकर्ताहरुले चुनावी कार्यक्रमलाई लक्षित गर्दै उद्दण्डता प्रदर्शन गरेपछि आक्रोशित भएका साहले रौतहटबासीले जंगलराज अस्वीकार गर्ने बताए ।
हिजो रौतहटको महम्मदपुरमा आयोजित चुनावी कार्यक्रममा पुगेर रास्वपाका कार्यकर्ताहरुले हुलहुज्जत, हुलदंगा र अस्वभाविक उदण्डता देखाएका थिए । आजपा अध्यक्ष साहले चुनावी कार्यक्रमलाई सम्बोधन गरिरहँदा रास्वपाका कार्यकर्ताहरुले नाराबाजी गर्ने, गालीगलौज गर्ने र कार्यक्रम विथोल्न प्रयास गरेका थिए ।
आजपा अध्यक्ष साहले रास्वपाका कार्यकर्ताहरुको यस्तो असभ्य व्यवहार र अमर्यादित गतिविधि तत्काल नियन्त्रण गर्न प्रशासनलाई आग्रह गरेका छन् ।
उनले भने, ‘हिजो महम्मदपुरमा हाम्रो चुनावी कार्यक्रममा घण्टी छापको नाममा देखाईएको हर्कत निन्दनीय छ । यसको विषयमा म रवि लामिछाने र बालेन शाहसँग सोध्न चाहन्छु–तपाईंहरुको सुशासन यही हो रु अर्काको चुनावी कार्यक्रममा हुलदंगा गर्न भनेर कार्यकर्तालाई निर्देशन दिनुभएको हो र ? यो त जंगलराज होईन र ?’
देशको विकास भएन भनेर जवाफ माग्ने रास्वपाका नेताहरुलाई साहले केपी ओलीको पाउ परेर गृहमन्त्री खाने र पटक पटक सत्तामा जाने रवि लामिछानेसँग सोध्न भनेका छन् । आजपा अध्यक्ष साहले भने, ‘विकास भएन भन्ने जवाफ केपी ओलीसँग मिलेर पटक पटक सरकारको भोग गर्ने तिमीहरुले दिने हो कि लगातार विपक्षमा रहेर जनताको पक्षमा उभिएको प्रभु साहले दिने हो ।’ अलिकति नैतिकता छ भने यसको जवाफ देउ ।’
उनले अर्को पार्टीको कार्यक्रममा हुलदंगा गरी सामाजिक उपद्रो गर्ने अपराधीहरुलाई तत्काल गिरफ्तार गर्नपनि सुशीला सरकारसमक्ष माग गरेका छन् । उनले भने, ‘देशमा कानूनी शासन छ भने तत्काल दोषीलाई कारबाही होस । अन्यथा यहाँका जनताले ती हुलहुज्जत गर्नेहरुलाई प्रतिकार गर्नेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्