काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री शाहले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
यस लगत्तै मन्त्रीहरुले शपथ लिने छन् । शपथ कार्यक्रममा १०८ जना बटुकले स्वस्तिक वाचन गरेका थिए ।
१०७ बौद्ध लामा गुरुहरूले मंगल वाचनसाथै ७ जना ब्राह्मणले शंखनाद गरी शपथ ग्रहण समारोहलाई सनातन परम्पराअनुसार सम्पन्न गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्