images
images
images
images

उद्योग वाणिज्य महासंघमा वस्तुगत उपाध्यक्ष नरेशलाल समूहको उम्मेदवारी घोषणा

images

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समूहले उम्मेदवारी घोषणा गरेको छ । सो समूहले महासंघको नयाँ विधान अनुरुप उपाध्यक्ष सहित १७ जनाको उम्मेदवारी घोषणा गरेको हो ।

उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समूहको तर्फबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल र महिलातर्फको उपाध्यक्षमा कमला श्रेष्ठलाई प्रस्वात गरिएको छ । यसैगरी सदस्यहरुमा संघको तर्फबाट कमला श्रेष्ठ, भक्तबहादूर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरिबहादुर कार्की, राजेन्द्र संग्रौला, दुर्गा प्रसाद सुवेदी, निराजन बहादुर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदूर धमला, सुरज बञ्जाडे र विप्लव अधिकारी रहेका छन् ।

images

यस्तै महासंघकातर्फबाट प्रतिनिधित्व गर्दै सदस्यहरुमा सुनैना घिमिरे पाण्डे र सुधिर पराजुली रहेका छन् । वस्तुगतफर्तको सबै क्षेत्रलाई समावेश गरेर बनाइएको सो समूह सबैभन्दा शसक्त र वलियो रहेको छ ।

उपाध्यक्षका उम्मेदवार श्रेष्ठको समूहमा कृषि, पर्यटन, निर्यात व्यापार, पुँजी बजार, खाद्यान्न, आईटी, घरजग्गा व्यवसाय, जलविद्युत लगायत सबैजसो क्षेत्रलाई समावेश गरी आफ्नो टीम निर्माण गरिएको उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठले जानकारी दिए ।

आफूहरुले सवै क्षेत्रलाई समावेश गरी बलियो र शसक्त टीम घोषणा गरेको र आसन्न निर्वाचनमा टीमका सबैले जीत हासिल गर्ने उनको भनाई थियो । आफूहरुले शसक्त र जुझारु व्यवसायीहरु समावेश गरी बस्तुगततर्फको टीम निर्माण गरेको जानकारी दिँदै यस टीमको जीत सुनिश्चित रहेको समेत उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्