images
images
images

देश जटिल आर्थिक तथा सामाजिक अवस्थाबाट गुज्रिरहे छ : सांसद डा. लामा

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा राम लामाले देश जटिल आर्थिक तथा सामाजिक अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नीति निर्माणलाई प्रभावकारी कार्यान्वयनलाई परिणाममुखी र अनुगमनलाई कडाइका साथ अघि बढाउन सरकारलाई आग्रह गरे।

उनले भने, ‘नीति निर्माणलाई प्रभावकारी, कार्यान्वयनलाई परिणाममुखी र अनुगमनलाई कडाइका साथ अघि बढाइनुपर्छ ।’

महंगीका कारण नागरिकको दैनिक जीवन प्रभावित भएको, बेरोजगारीले युवाहरूमा निराशा बढाएको र अवसरको अभावले ठुलो सङ्ख्यामा युवा विदेशिन बाध्य भएको बताए ।

उनले सेवा प्रवाहमा ढिलासुस्ती र बढ्दो भ्रष्टाचारका कारण राज्यप्रतिको नागरिकको विश्वास कमजोर बन्दै गएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्