काठमाडौं। सरकारले बागमती र यसका सहायक नदी किनारका जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने क्रम तीव्र गतिमा अघि बढाइएको छ।
आफूलाई सुकुम्बासी दाबी गर्दै कुल १८१६ परिवार ७७८९ जना सरकारको सम्पर्कमा आएका छन्।
होल्डिङ सेन्टर सम्पर्कमा आएकामध्ये ७९४ जनालाई सरकारद्वारा व्यवस्थित होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरिएको छ।
स्वेच्छिक व्यवस्थापन दशरथ रंगशालास्थित स्क्रिनिङ सेन्टरमा आएका बाँकी व्यक्तिहरूले भने हालका लागि आफ्नै पहलमा आवासको व्यवस्था गर्ने भन्दै बाहिरिएका छन्।
हाल सञ्चालनमा रहेका होल्डिङ सेन्टर
१. कीर्तिपुरस्थित राधास्वामी सत्संघ भवन
२. नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटलहरू
३. भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र
४. बोडेस्थित कृषि तालिम केन्द्र
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्