फाइल तस्बिर
सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–११, टाँडीको धनसरी र उदयपुरको कटारी नगरपालिका–१, बेल्सोत जोड्ने कमला नदीमा निर्माणाधीन यान्त्रिक पुल पन्ध्र वर्षदेखि अलपत्र अवस्थामा रहेको छ ।
पुल निर्माणको अन्तिम चरणमा निर्माण सामग्रीमा मूल्यवृद्धि भई बजेट अभाव भएपछि अलपत्र बनेको स्थानीयको गुनासो छ । स्थानीयका अनुसार धनसरीलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यसहित १८ महिनामा सक्ने गरी २०६६ साल कात्तिकदेखि उक्त पुल निर्माण सुरु गरिएको थियो ।
ग्रामीण विकास समाज सिन्धुलीको सक्रियतामा ग्रिड नेपालले पुल निर्माण सुरु गरेको थियो । करिब ७० लाख रुपियाँको लागतमा निर्माण सुरु गरिएको पुल निर्माण कार्य पूरा गर्न अन्तिम चरणमा आएर करिब १० लाख रुपियाँ नपुगेर अलपत्र परेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष गुर्जबहादुर बुढाथोकीका अनुसार पुलको लम्बाइ छ सय ३५ मिटर रहेको छ । यान्त्रिक पुल निर्माणका लागि तत्कालीन समयमा गरिबी निवारण कोष, जिविस सिन्धुली, सम्बन्धित गाविस, सम्बन्धित क्षेत्रका सांसद विकास कोष र स्थानीय शीतली, बेल्सोत, हरियाली, नमुना सामुदायिक वन समितिबाट गरी ७० लाख रुपियाँ बजेट जुटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्