पूर्वाधार वाच, काठमाडौं।
“वन प्लानेट, वन पर्पसः ट्रान्सफर्मिङ क्लाइमेट, कल्चर, टुरिज्म एन्ड फाइनान्स इन्टु द लिभिङ हार्टबिट अफ ग्लोबल पिस” भन्ने मूल नारासहित आयोजित दोस्रो एएमएस ग्लोबल पिस समिट काठमाडौंमा सम्पन्न भएको छ ।
बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलमा आयोजित उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ, नीतिनिर्माता, सामाजिक अभियन्ता, पर्यटनकर्मी तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।
जलवायु, संस्कृति र शान्तिबारे व्यापक छलफल
समिटमा जलवायु परिवर्तन, सांस्कृतिक संरक्षण, दिगो पर्यटन, आर्थिक सहकार्य तथा विश्वशान्तिसँग सम्बन्धित विविध विषयमा गहन छलफल गरिएको थियो ।
वक्ताहरूले जलवायु संकट, वातावरणीय संरक्षण, सांस्कृतिक सम्पदाको जगेर्ना तथा दिगो विकासलाई विश्वशान्ति स्थापनासँग जोडेर हेर्नुपर्ने आवश्यकता औंल्याएका थिए । साथै, दिगो पर्यटन र हरित अर्थतन्त्रमार्फत सामाजिक तथा आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गरिएको थियो ।
पूर्वराष्ट्रपति यादवद्वारा शान्ति र दिगो विकासमा जोड
कार्यक्रमका प्रमुख अतिथि पूर्वराष्ट्रपति रामवरण यादव ले विश्वव्यापी चुनौतीहरूको समाधानका लागि शान्ति, एकता, उत्तरदायी नेतृत्व तथा दिगो विकास अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले नेपालले आफ्नो सांस्कृतिक विविधता, प्राकृतिक सम्पदा तथा पर्यटन क्षेत्रमार्फत विश्वशान्ति र सांस्कृतिक कूटनीतिमा महत्वपूर्ण योगदान दिन सक्ने धारणा व्यक्त गर्नुभयो ।
विभिन्न विषयमा प्यानल छलफल
समिटअन्तर्गत कानून, वातावरण, पर्यटन, वित्तीय क्षेत्र, सामाजिक विकास तथा अन्तर्राष्ट्रिय सहकार्यसँग सम्बन्धित विषयमा विभिन्न प्यानल छलफल सञ्चालन गरिएको थियो ।
छलफलमा सहभागी विज्ञहरूले समावेशी आर्थिक वृद्धि, जलवायु अनुकूल नीति, सांस्कृतिक सम्पदाको संरक्षण तथा दिगो पर्यटनलाई दीर्घकालीन शान्ति निर्माणका आधारका रूपमा प्रस्तुत गरेका थिए ।
योगदानकर्ताहरू सम्मानित
कार्यक्रममा पर्यटन, संस्कृति, वातावरण संरक्षण, सामाजिक विकास तथा शान्ति प्रवर्द्धनका क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मानसमेत गरिएको थियो ।
आयोजकका अनुसार यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको पर्यटन प्रवर्द्धन, सांस्कृतिक पहिचानको संरक्षण तथा विश्वमञ्चमा नेपालको सकारात्मक छवि निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्