images
images
images
images

जोरपाटी बचत तथा ऋण सहकारीको २१औँ वार्षिक साधारणसभा सम्पन्न

images

पूर्वाधार वाच, काठमाडौं ।

जोरपाटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित छिमेकी पार्टी प्यालेसमा सम्पन्न सभामा संस्थाका शेयर सदस्य तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

images

सञ्चालक समितिको आयोजनामा सम्पन्न साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति, आर्थिक अवस्था तथा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल गरी विभिन्न प्रस्ताव पारित गरिएको छ ।

वार्षिक तथा आर्थिक प्रतिवेदन पारित

सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । त्यस्तै, आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम र बजेटसमेत स्वीकृत गरिएको छ ।

कोषाध्यक्षको आर्थिक प्रतिवेदन तथा आगामी आर्थिक वर्षको प्रस्तावित बजेटमाथि पनि छलफल गरी पारित गरिएको जनाइएको छ । साथै, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को बाह्य लेखापरीक्षकको प्रतिवेदनसमेत सभाबाट पारित भएको छ ।

लेखापरीक्षक नियुक्तिदेखि विनियम संशोधनसम्म

साधारणसभाले आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । संस्थाको विनियम संशोधन तथा आवश्यक आन्तरिक नीति र कार्यविधि निर्माण तथा संशोधनसम्बन्धी प्रस्तावसमेत पारित गरिएको छ ।

त्यस्तै, अन्य सहकारी संस्थासँग एकीकरण गर्ने विषय, लाभांश तथा संरक्षित पुँजी फिर्ता कोष वितरणको अनुमोदन र सञ्चालक समितिका निर्णय अनुमोदनलगायतका प्रस्तावमा समेत सभामा छलफल भएको थियो ।

बचत र कर्जा कारोबारमा सुधार

वार्षिक प्रतिवेदनअनुसार संस्थाले चालु आर्थिक वर्षमा बचत संकलन तथा कर्जा लगानीमा वृद्धि गरेको जनाएको छ । खराब कर्जा न्यूनीकरणमा सुधार आउनुका साथै सहकारी ऐन तथा नियामक निकायका निर्देशनअनुसार वित्तीय नीति अवलम्बन गरिएकाले संस्थाको वित्तीय सन्तुलन कायम गर्न सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ ।

सुशासन र आन्तरिक नियन्त्रणमा जोड

संस्थाले संस्थागत सुशासन, आन्तरिक नियन्त्रण तथा जोखिम व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ । साथै, बीमा व्यवस्था, कर्मचारी व्यवस्थापन तथा कार्यालय सञ्चालनलाई व्यवस्थित बनाउँदै पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखिएको सभामा जानकारी गराइएको थियो ।

सभाले निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन गर्नुका साथै विविध विषयमा समेत छलफल गरेको थियो ।

‘नियमित बचत, सुनिश्चित भविष्य’ भन्ने नाराका साथ सञ्चालनमा रहेको जोरपाटी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोकर्णेश्वर नगरपालिका–६, जोरपाटी, नारायणटार, काठमाडौंमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्