images
images
images

आफ्नै उत्पादनले आत्मनिर्भर बन्न जुटे बर्दिवासका गृहणी

images

पूर्वाधार वाच, महोत्तरी ।

नगरपालिकाले गृहणीहरुलाई बाटेको धुप वनाउने तालिम प्रदान गरेपछि उनीहरु आयआर्जनसँगै आत्मनिर्भर वन्ने योजनामा जुटेका छन्। महोत्तरीको बर्दिवास नगरपालिकावाट तालिमप्राप्त महिलाहरु समुह वनाएर स्वालम्बन वन्ने योजनामा जुटेका हुन ।

नगरमा नै पहिलो पटक वडा नं. १ वाट वुवारी वचत तथा ऋण समुहका गृहणीहरुले तालिम लिएका छन ।

विहान-वेलुकाको समय प्रयोग गरेर मात्र पनि नगर क्षेत्रको बजारलाई गृहणीहरुले उत्पादन गरेको धुपले आत्मनिर्भर वनाउन सकिने ऋण समूहकी संचालक सान्ता काफ्लेले बताईन ।

‘नगरले आयातित धुपलाई रोक्ने हो भने नगरभरीका गृहणीहरुले उत्पादन गरेको धुप नै बजारमा काफि हुन्छ ।’ उनले भनिन् ‘यसो भयो भने घरमा नै चुलोचौका गर्ने महिलाहरुको गतिलो आम्दानीको स्रोत वन्न सक्छ ।’

धुपको तालिम लिएपछी समुहका महिलाहरु उत्साहित देखिएका छन ।  ऋण समूह की अध्यक्ष रिता अधिकारीले नगरले दिएको यो तालिम निक्कै फलदायी रहेको प्रतिक्रिया दिईन । उनले घरायसी काममा व्यस्त हुने महिलाहरुको विहान-वेलुकाको समयलाई नगरले उपयोग गर्नुपर्ने वताउदै आयातित सिन्के धुपलाई विस्थापन गरेर महिलाहरुले उत्पादन गरेको धुपलाई प्रयोग गर्नुपर्ने नीति वनाउन नगरसँग आग्रह गरेकी छन ।

सिन्के धुपको तुलनामा बाटेको धुप वास्नादार हुने र स्वास्थ्यका दृष्टिकोणले समेत फाईदा पुग्ने वताउदै नगरले गृहणीहरुलाई आयआर्जनसँग जोडनुपर्ने गृहणी  समूहले जोड दिएका छन  ।

यता नगरले पनि महिलाहरुको भावनालाई आत्मासाथ गर्दै महिला उधमी वनाउने योजना प्रत्येक वडासम्म लैजाने योजना वनाएको छ । पहिलो चरणमा वडा नं. १ वाट सुरु गरेको वताउदै नगरले प्रत्येक वडाका महिलाहरुलाई सिपसँग जोडने योजना वनाएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्