images
images
images

ओमानलाई हराउँदै युएई एशिया कपमा छनौट

images

पूर्वाधार वाच, काठमाडौं ।

युएई २०२५ को टी-२० एशिया कपमा छनौट भएको छ ।  एसीसी प्रिमियर कपको फाइनलमा आयोजक ओमानलाई ५५ रनले पराजित गर्दै युएई एशिया कपका लागि छनौट भएको हो ।

युएईले दिएको २०५ रनको लक्ष्य पछाएको ओमान २० ओभरमा ९ विकेट गुमाउदै १४८ रन मात्र बनाएको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले कप्तान मुहमद वासीमको शतकको मद्धतले २० ओभरमा ४ विकेट गुमाउदै २०४ रन बनाएको थियो ।

एसीसी प्रिमियर कपको उपाधि जितेको युएईले अब एशिया कप खेल्ने छ । त्यस्तै युएईसहित उपविजेता ओमान र तेस्रो भएको हङकङले इमर्जिङ टिम्स एशिया कप खेल्ने छन् ।  यस प्रतियोगितामा सेमिफाइनलमा युएईसँग पराजित भएको नेपाल तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग पनि पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्