images
images
images

तेस्रो पिएचएल फुटसल टुर्नामेन्टको उपाधि भ्याली भ्यू स्कुललाई

images

काठमाडौं । तेस्रो पिएचएल (प्रोफेश्नल होल्डिङ्स् लिमिटेड) टुर्नामेन्ट २०८३ को उपाधि भ्याली भ्यु स्कुल मध्ये बानेश्वरले प्राप्त गरेको छ ।

काठमाडौँको मध्यबानेश्वरस्थित ग्लोबल कलेजमा आयोजित प्रतियोगितामा भ्याली भ्युले ग्लोबल कलेज इन्टरनेश्नललाई ५–१ गोल अन्तरले पराजित गर्‍यो । महिलातर्फको उपाधि पनि भ्याली भ्युले नै प्राप्त गर्‍यो । प्रतियोगितामा ग्लोबल कलेज इन्टरनेश्नल पहिलो रनरअप बन्यो ।

विजेता टिमलाई ट्रफीसँगै मेडल पुरस्कार प्रदान गरियो । दशैँ तिहारको अवसर पारेर आयोजना गरिएको यस प्रतियोगिताले शिक्षक कर्मचारीहरुमा उत्साह थपेको र एकअर्काबिच एकताभावको विकास गर्न मदत पुग्ने भ्याली भ्यु स्कुलका प्राध्यानाध्यापक सुभाषचन्द्र भण्डारीले वताउनुभयो ।

काठमाडौँमा रहेका ग्लोबल कलेज, लिबर्टी कलेज, युनिग्लोब कलेज, प्रोफेश्नल होल्डिङ्स् र भ्याली भ्यु स्कुलका गरी १० वटा टिमको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्