images
images
images

कान्तिपुर अध्यक्ष सिरोहियाविरुद्ध रविकै कार्यकर्ताले गरेका थिए प्रहरीमा उजुरी

images

पूर्वाधार वाच, काठमाडौं ।

कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको नागरिकतामाथि प्रश्न उठाउँदै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका एक नेताले धनुषा प्रहरीमा उजुरी गरेको खुलेको छ । उजुरी गर्नेमा रास्वपा मधेस प्रदेश कार्यसमितिका सदस्य इन्द्रजित महतो रहेका छन् ।

उनले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरी, त्यस आधारमा प्रहरीलाई जिल्ला अदालत धनुषाले दिएको पक्राउ पुर्जीका आधारमा सिरोहिया आज पक्राउ गरिएका छन् ।

महतो पार्टी उपसभापति डिपी अर्याल मन्त्री रहेको श्रम मन्त्रालयलाई सघाउने टिमका सदस्य पनि छन् । रास्वपा मधेश प्रदेशका महामन्त्री मनिष साहले हस्ताक्षर गरेको पत्रमा उक्त जानकारी दिइएको छ । सर्लाहीका महतोले पछिल्लो उपचुनावका लागि तयार गरिएका प्रचार सामग्रीहरु, अनि पार्टीका विभिन्न गतिविधि पनि आफ्नो सामाजिक सञ्जालबाट प्रचारप्रसार गरेका छन् ।

सिरोहियासँग दोहोरो नागरिकता रहेको भन्दै महतोले १६ वैशाखमा धनुषा प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसुरमा छानबिन गर्न माग गरिएको थियो ।

सिरोहियाको पक्राउसँगै यस विषयलाई गृहमन्त्री रवि लामिछानेले साँधेको प्रतिशोधको रुपमा हेरिएको छ । आफ्नै पार्टीको कार्यकर्तालाई प्रहरी उजुरी गर्न लगाएर गृहमन्त्री लामिछानेले सिरोहियालाई पक्राउ गरेको विषय बदनियतपूर्ण रहेको प्रेस सम्बद्ध सरोकारवाला र प्रतिपक्षी दलहरुले आरोप लगाएका छन् । भने सत्तापक्षकै कतिपय दलहरुले समेत यस विषयको विरोध गरेका छन् ।

नागरिकतामाथि उठेका प्रश्न, उनको प्रतिरक्षा अनि उपलब्ध तथ्य प्रमाण मेल खान्छन् या खाँदैनन् भन्नेबारे प्रक्रियासम्मत छानबिन होला नै, तर सहकारी संस्थाहरुको बचत अपचलनमा गृहमन्त्री रवि लामिछाने मुछिएकोबारे शृंखलाबद्ध रिपोर्टिङ हुन्थेन भने कान्तिपुर प्रकाशक सिरोहियाविरुद्ध नागरिकताको उजुरी पथ्र्यो कि पर्थेन होला भनी आशंका गर्ने ठाउँ भेटिएका छन् ।

यस आशंकालाई सबैभन्दा ठूलो बल उनीविरुद्ध परेको उजुरी र त्यसको पृष्ठभूमिले बल पुगाएको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्