images
images
images

नेपाल लाइफ इन्स्योरेन्सको नगद लाभांश घोषणा, शेयर धनीले कति पाउलान् ?

images

पूर्वाधार वाच, काठमाडौ‌।

नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको आइतबार बसेको ३७६ औँ बैठकले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २१.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कायम कम्पनीको चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँ रहेको छ । जसको २१.०५ प्रतिशतले हुन आउने लाभांश रकम १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९५९ रुपैयाँ वितरण हुनेछ ।

तथापि, उक्त नगद लाभांशमध्ये १.०५ प्रतिशत बराबरको रकम भने कर प्रयोजनका लागि हुने कम्पनीले जनाएको छ ।

यो निर्णय नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी बस्ने वार्षिक साधारणसभाले पारित गरे पश्चात सेयर धनीहरूमा वितरण हुनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्