images
images
images

शिव श्रेष्ठदेखि रमेश उप्रेतीसम्मका कलाकारले गरे राजतन्त्रको पक्षमा हस्ताक्षर

images

काठमाडौं । राजतन्त्रको पक्षमा कलाकारहरुले सामुहिक हस्ताक्षर गरेका छन् । राजतन्त्रको पक्षमा जनमत निर्माण गर्ने उद्देश्यसहित शाही युवा शक्तिले सञ्चालन गर्दै आएको हस्ताक्षर अभियानमा कलाकार शिव श्रेष्ठ, अर्जुनजंग शाही, आनन्द कार्की, रमेश उप्रेती, पूजा प्रधान, कृष्ण मल्ल, शर्मिला मल्ल, सुनील कटवाललगायतले सामूहिक हस्ताक्षर गरेका हुन् ।

शुक्रबार राजधानीको एलो प्यागोडामा आयोजित कार्यक्रममा श्रेष्ठसहितका कलाकारहरुले राजतन्त्रको पक्षमा हस्ताक्षर गरेको शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काले जानकारी दिए । उनका अनुसार अभियान साउन १ गतेदेखि देशभर सञ्चालन हुँदै आएको छ ।

अभियानको मुख्य उद्देश्य नै कलाकार तथा सार्वजनिक व्यक्तित्वमार्फत जनतालाई राजसंस्थाका विषयमा आफ्नो धारणा व्यक्त गर्न प्रेरित गर्नु रहेको भन्दै उनले सोहीअनुसार शुक्रबार कलाकारहरुले सामुहिक हस्ताक्षर गरेको बताए ।

राप्रपाका नेता निरञ्जन थापाले अभियानमा हालसम्म ३० लाख हस्ताक्षर संकलन भएको दाबी गरे । हस्ताक्षर गर्ने कलाकारहरूले राष्ट्रिय एकता, स्थायित्व र समृद्धिका लागि राजसंस्था आवश्यकता भएको तर्क गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्