images
images
images

आफूलाई हटाइएको फिल्मसँग भिड्दै ‘बले’

images

काठमाडौं । अभिनेता सागर लम्साल ‘बले’ को मुख्य भूमिका रहेको फिल्म हो ‘डल्लेले इन्ट्री मार्‍यो’ । फिल्म आगामी २० कात्तिकमा प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको छ ।

यसअघि फिल्म गत वर्षकै चैत २७ गते रिलिज हुने तयारीमा थियो । फिल्मका अभिनेता लम्साल पक्राउ परेपछि निर्माण युनिटले प्रदर्शन स्थगित गरिएको थियो । फिल्मले अब बक्स अफिसमा ‘पाँच पाण्डव’ सँग सिधै प्रतिस्पर्धा गर्ने भएको छ ।

‘पाँच पाण्डव’ त्यो फिल्म हो जसबाट लम्साल निकालिएका थिए । अमेरिका बस्ने एक युवतीले सागरमाथि बलात्कारको गम्भीर आरोप लगाएपछि लम्साल पक्राउ परेका थिए । १० दिनको छायाङ्कन भइसकेको अवस्थामा पनि निर्माण पक्षले उनलाई हटाएर ती दृश्यहरू पुनः छायाङ्कन गरेको थियो । यसबाट लम्साल फिल्म युनिटसँग असन्तुष्ट रहेका छन् ।

राजु गिरीको निर्देशनमा बनेको ‘डल्लेले इन्ट्री मार्‍यो’बाट लम्सालले ठुलो पर्दामा डेब्यु गरेका हुन् । पत्रकार, निर्देशक लक्ष्मण सुवेदीको पटकथा तथा संवाद रहेको ‘डल्लेले इन्ट्री मार्‍यो’ मा सागरका साथै रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, ध्रुव कोइराला, रवीन्द्र झा, कैलाश रावत, विशाल पहाडी, सावित्रा चिलुवाल, लक्ष्मीनाथ तिमल्सिना लगायतको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्