images
images
images

पूर्वसचिव डा. सिंह योजना आयोगको सदस्यमा नियुक्त

images

पूर्वाधार वाच, काठमाडौं ।

शहरी विकास मन्त्रालयका पूर्वसचिव डा. रमेशप्रसाद सिंह राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्ति भएका छन् ।

बिहीबार (जेठ २४ गते)  बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वसचिव डा. सिंहलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्ति गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागको पूर्वमहानिर्देशक समेत भइसकेका डा. सिंह शहरी विकासका जानकार मानिन्छन् ।

उनले २०७९ मंसिरमा नेपाल सरकारको सचिव पदबाट शहरी विकास मन्त्रालयमा रहँदा अनिवार्य अवकाश पाएका थिए । अवकाशपश्चात् उनी शहरी विकास विज्ञका रूपमा सक्रिय थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्