पूर्वाधार वाच, काठमाडौं ।
सुदूर तथा कर्णाली प्रदेशका दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको अछामस्थित बयालपाटा अस्पतालबारे अछामका सांसद एवं नेताहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेर उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।
ध्यानाकर्षण गर्न सिंहदरबार पुगेको टोलीले कुनै बेला देशकै अब्बल स्वास्थ्य संस्थाका रूपमा पहिचान बनाएको अस्पताल हाल सरकारको बेवास्ताका कारण आर्थिक अभाव झेलिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।
प्रधानमन्त्री प्रचण्डले बयालपाटा अस्पताललाई चालु आर्थिक वर्षमै विशेष अनुदान उपलब्ध गराउनको लागि सचिवालयलाई निर्देशन दिएका छन् ।
अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद शेरबहादुर कुँवर, साँफेबगर नगरपालिकाका पूर्वमेयर कुलबहादुर कुँवरलगायत सरकारको ध्यानाकर्षण गराउन सिंहदरबार पुगेका थिए ।
विगत १५ वर्षदेखि गैरसरकारी संस्था न्याय हेल्थ नेपालको व्यवस्थापनमा बयालपाटा अस्पतालसञ्चालन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्