images
images
images

युनाइटेड मोदी हाइड्रोपावरले १ः१ मा हकप्रद जारी गर्ने, साधारण सभाद्वारा पारित

images

पूर्वाधार वाच, काठमाडौं।

युनाइटेड मोदी हाइड्रोपावरको १०औँ वार्षिक साधारण सभाले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको सेयर लगानी रहेको युनाइटेड मेवा खोला हाइड्रोपावर प्राइभेट लिमिटेडद्वारा प्रबद्र्घित ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनामा लगानी गर्न हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीलाई विद्युत् नियमन आयोगले २०८० साल माघ २२ गते ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनामा लगानीको सहमति दिएको थियो । यसैका लागि हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख छ ।

सोही बमोजिमको सेयर सङ्ख्या १ करोड २३ लाख ५ हजार कित्ता सेयर बराबरका दरले १ः१ हकप्रद जारी गर्न लागेको कम्पनीले जनाएको छ । यही हकप्रदको निर्णय साधारणसभाले पारित गरेको हो ।

त्यसैगरी साधारण सभाबाट नवीन सिलवाल, अविनास पण्डित, सपना गुरुङ र सुनिल भक्त श्रेष्ठ सञ्चालक समितिमा निर्वाचित भएका छन् । यस्तै आर्थिक वर्ष २०७९/०८० का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने निर्णय समेत सभाले गरेको छ ।

कम्पनीका अध्यक्ष रेणुका पाण्डेको अध्यक्षतामा सम्पन्न साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित समेत गर्‍यो ।

साथै लेखापरिक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने, अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्