पूर्वाधार वाच, काठमाडौं ।
हाइड्रोपावर समूहका २ वटा कम्पनीको शेयर भाउ १ हजार भन्दा धेरै पुगेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावरको शेयर भाउ प्रतिकित्ता १ हजार रुपैयाँ भन्दा धेरै पुगेको हो ।
कुथेलीको यो समाचार तयार पर्दै गर्दा प्रतिकित्ता शेयर भाउ १२४.७० रुपैयाँले बढेर १३७२.१० रुपैयाँ कायम रहेको छ ।
त्यसैगरी, भगवतीको शेयर भने २३.१० रुपैयाँले घटेर ११८० रुपैयाँ कायम भएको छ । पछिल्ला दिनमा केही हाइड्रोपावर कम्पनीहरुको भाउ तीब्र बढेका छन् । त्यो सूचीमा यी २ कम्पनीहरु पनि छन् । यी २ कम्पनीको वित्तीय अवस्था राम्रो देखिएको छ ।
कुथेली बुखरी स्मल हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ करोड ४२ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आवको दोस्रो त्रैमासमा यो कम्पनीले १ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस कम्पनीले विद्युत बिक्रीबाट २ करोड ८८ लाख ५१ हजार रुपैयाँ आम्दानी गरेको उक्त रिपोर्टमा उल्लेख छ । त्यसैगरी, १५ लाख ३३ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ । हाइड्रोपावरको वित्तीय खर्च ४८ लाख ८ हजार रुपैयाँ देखिएको छ ।
हाल कुथेलीको चुक्ता पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँ रहेको छ । यसको रिजर्भमा ७ करोड ४० लाख १९ हजार रुपैयाँ जम्मा छ । रिपोर्ट अनुसार यसको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ २३ पैसा ‘वार्षिकीकरण’ रहेको छ । त्यसैगरी, प्रतिसेयर नेटवर्थ भने १६० रुपैयाँ ७४ पैसा छ ।
त्यस्तै, भगवती हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो गत वर्षको यसै अवधिको तुलनामा १०.६८ प्रतिशतले धेरै हो । गत वर्ष यसले ५ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यसले चैतसम्म १२ करोड ६० लाख रुपैयाँ बराबर विद्युत बिक्रीबाट आम्दानी गरेको छ । गत वर्ष उक्त आम्दानी ११ करोड ९९ लाख रुपैयाँ थियो । यता, वित्तीय खर्च ६५ लाख ८० हजारबाट घटेर ५ लाख ५१ हजार रुपैयाँ कायम भएको छ ।
चुक्ता पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ रहेको भगवतीको जगेडा कोषमा ११ करोड ६७ लाख जम्मा छ । त्यसैगरी, सेयर प्रिमियममा २ करोड २८ लाख रहेको छ । यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ४१ पैसा देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्