images
images
images

चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षाका लागि अनलाइन आवेदन आव्हान

images

पूर्वाधार वाच, काठमाडौं ।

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८१/०८२ मा चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी छनौट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाका लागि अनलाईन आवेदन आह्वान गरेको छ ।

योग्यता पुगेका उम्मेदवारले जेठ ३० गते बिहान १०ः०० बजेदेखि २०८१ असार १८ गते मङ्गलबार अपराह्न ५ः०० बजेसम्म आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

असार १८ गते अपराह्न बजेपछि २५ गते अपराह्न ५ः०० बजेसम्म दोब्बर दस्तुर तिरी आवेदन गर्न सकिने आयोगको सूचनामा उल्लेख छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्