images
images
images

काठमाडौं उपत्यका विकास प्राधिकरण तत्काल खारेज गर्नुपर्छ : सांसद् सुवाल (भिडियो)

images

पूर्वाधार वाच, काठमाडौं ।

प्रतिनिधि सभा सदस्य प्रेम सुवालले काठमाडौं उपत्यका विकास प्राधिकरण तत्काल खारेज गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभामा शहरी विकास मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसद सुुवालले यस्ते बताएका हुन् ।

‘निजी प्लटिङको नाममा जताततै डोजर आतंक मच्चाउनेहरुलाई अनुमति दिने तथा राजधानी काठमाडौं उपत्यकालाई विश्वकै प्रदूषित शहर बनाउने काठमाडौं उपत्यका विकास प्राधिकरण तत्काल खारेज गर्नुपर्छ ।,’ उनले भने ।

उनले खानेपानी, ढल, निकास, बसपाक, कृषि क्षेत्र निर्धारण गरेर मात्र शहरी विकास गर्न पनि ध्यानाकर्षण गराए ।

नेपाल मजदूर किसान पार्टीबाट निर्वाचित सांसद् सुवाल संसद्मा खरो रुपमा प्रस्तुत हुने सांसदमध्ये गनिन्छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्