पूर्वाधार वाच, बझाङ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी र प्रदेशसभा सदस्य दमन भण्डारीले बुधबार तलकोट गाउँपालिका– ३ स्थित बष्टीमा रहेको निर्माणाधीन चैनपुर सेती जलविद्युत आयोजनाको भ्रमण अवलोकन गरेका छन् ।
मन्त्री जोशी र प्रदेशसभा सदस्य भण्डारीले देशकै गौरवको आयोजनाका रुपमा लिइएको २१० मेगावाटको तीनवटा टनेल र विद्युत् गृहको भ्रमण अवलोकन गरेका हुन् ।
मन्त्री जोशी र सांसद भण्डारीले आयोजनालाई छिटोछरितो निर्माण सम्पन्न गर्नका लागि सबैले सघाउनु पर्नेमा जोड दिए । मन्त्री जोशीले भ्रमण अवलोकनका क्रममा बष्टी गाउँ नजिक रहेको टनेलको स्विच अन गरेर टनेल ब्लाष्टिङ कार्य पनि अगाडी बढाए ।
भ्रमण अवलोकनपछि चैनपुर सेती जलविद्युत आयोजनाका कार्यकारी निर्देशक अनिल भक्त श्रेष्ठको अध्यक्षतामा सर्वदलीय सर्वपक्षीय भेला पनि भएको थियो ।
भेलामा कार्यकारी निर्देशक अनिल भक्त श्रेष्ठले आयोजनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै समस्या चुनौती र परियोजनाले गर्ने सामाजिक उत्तरदायित्वका कामका बारेमा जानकारी दिएका थिए । भेलामा प्रभावित समुदायको समस्या तथा माग सम्बोधन गरिने र अबदेखि स्थानीयले पनि अवरोध नगर्ने प्रतिबद्धता पनि जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन चैनपुर सेती जलविद्युत् आयोजनाको काम तीव्रगतिमा अघि बढाइएको छ । तलकोट गाउँपालिकामा गत फागुन ४ गतेबाट सुरु गरिएको २१० मेगावाटको जलविद्युत् आयोजना निर्माणको अहिले अडिट सुरुङ निर्माण सुरु भएको छ ।
चैनपुर सेती जलविद्युत आयोजनाका भूगर्भविद् अर्जुनकुमार पाण्डेले अहिले तीनवटा अडिट सुरुङ र प्रसारण लाइन निर्माणका लागि सर्भे भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्