images
images
images

सरकारको निर्णय कुर्दै एयर अस्त्र, उडानका लागि तयारी तीव्र

images

पूर्वाधार वाच, काठमाडौं ।

बङ्गलादेशी एयरलाइन्स कम्पनी एयर अस्त्रले ढाका-पोखरा-ढाका उडानका लागि तीव्र तयारी थालेको छ। पोखरामा सिधा उडानको तयारी अनुसार अस्त्रले नेपालका लागि जिएसएमा सोसाइटी इन्टरनेसनल ट्राभललाई नियुक्त गरिसकेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले अस्त्रले सातामा चार दिन उडानका लागि कर छुटसहित इच्छा देखाएको हो ।

उनले भने, ‘अस्त्रले पोखरा उडानका लागि भ्याट, इन्धन, टर्नओभर ट्याक्स, ल्यान्डिड पार्किङ, नेभिगेसनलगायतका सरकारी शुल्कमा सहुलियतसहितको अनुमति मागेको छ । त्यस्तै उडानका क्रममा नेपाली रुपियाँ र अस्त्रले पोखरा उडानका लागि भ्याट, इन्धन, टर्नओभर ट्याक्स, ल्यान्डिङ, पार्किङ, नेभिगेसनलगायतका सरकारी शुल्कमा सहुलियतसहितको अनुमति मागेको छ । बङ्गलादेशी टाँकाको सटहीमा समेत सहजीकरण गरिदिन सरकारसँग आग्रह गरेकाले उक्त मागबारे अर्थ मन्त्रालय र र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छलफल भइरहेको छ।’

हाल बङ्गलादेशसँग काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै उडान गर्न सक्ने सम्झौता छ ।

२०७९ पुस १७ गते उद्घाटन भएर सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म चीनको सिचुवान एयरलाइन्स, भुटानको डुक एयर, नेपालको हिमालय एयरलाइन्स र चिनियाँ जनमुक्ति सेनाका दुई कार्गो विमान गरेर आठ वटा मात्रै अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । उक्त उडानबाट २९६ यात्रुले यात्रा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्