पूर्वाधार वाच, काठमाडौं ।
सुलीकोट समाचारदाता सुलीकोट, असार १ गते नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ । मनकामना केबुलकारका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले ५० दिनका लागि बन्द गर्नु परेको जानकारी दिए ।
उहाँका अनुसार मनकामना केबुलकारको डिजिटल प्रणाली स्तरोन्नति र मुख्य केबुल तार लट्ठासमेत फेर्ने भएकाले असार ३१ देखि असोज १० सम्म मनकामना केबुलकार बन्द हुने भएको छ ।
मनकामना केबुलकारले आज शुक्रबार एक सूचना जारी गर्दै एक महिनाअगाडि नै सूचना निकालेर यात्रुलाई अवगत गराएको हो ।
२०५५ सालदेखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनार्थीलाई सहज होस् भन्ने उद्देश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्