images
images
images

सेनेटरी प्याडलगायत साढे दुई लाख मूल्य पर्ने सामान जफत

images

पूर्वाधार वाच, म्याग्दी ।

म्याग्दी जिल्लाको बेनीमा बिक्रीका लागि ल्याएको म्याद गुज्रेको सेनेटरी प्याडलगायत साढे दुई लाख मूल्य पर्ने सामान नगरपालिकाले जफत गरेर नष्ट गरेको छ ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पोखराको बसौला जनरल अडर्स सप्लायर्सले बिक्रीका लागि ल्याएको मासिक स्रावको समयमा महिलाले प्रयोग गर्ने एक सय पिस सेनेटरी प्याड जफत गरेर नष्ट गरेको जानकारी दिए ।

सन् २०२० मा उत्पादन भएको उक्त प्याडको प्रयोग मिति तीन वर्ष लेखिएको भए पनि बिक्रीका लागि ल्याएकोले म्याद गुज्रिसकेको अवस्थाको सामान जफत गरेर नष्ट गरिएको उनको भनाइ थियो ।

उक्त सप्लायर्सका प्रोप्राइटर विष्णु बसौलाले ग. १ क १३२५ नम्बरको ट्रकमा अन्य खाद्यान्नका सामग्री पनि म्याद गुज्रेका ल्याइएको पाइएपछि सबै सामान जफत गरेर नष्ट गरेको हो।

पेप्सीको इन्डिया होल्डिङ प्रालिको उत्पादन रहेको म्याद गुजेको लेज बिक्री गर्न लागेको सूचनाका आधारमा गाडी नियन्त्रणमा लिएर जाँच गर्दा गाडीभित्र दुई लाख ५० हजार मूल्य पर्ने खाद्यान्नलगायतका सामान फेला पारेर नष्ट गरेको नगरप्रमुख केसीले बताए । नगर प्रहरीले बेनी नगरपालिका-८, शिक्षामार्गबाट ट्रक नियन्त्रणमा लिएर नगरपालिका पुऱ्याएको थियो ।

बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य सङ्घ, सञ्चारकर्मीलगायतको टोलीको उपस्थितिमा निरीक्षण भएको थियो ।

ट्रक निरीक्षण गर्दा लेज, चिया, टिमुरको छोप, मेहदी, पापड, बदाम जुस, रिवोस्ट जुस, अमिलो, प्याकेटको पाउडर दुध, कुकिज, काजु, चिकेन सुप , मसलाका आइटम, जामलगायतका सामग्री गरी दुई लाख ५० हजार नोक्सान भएको बसौला सप्लायर्सका विष्णु बसौलाले जानकारी दएि।

सामग्रीलाई आगो लगाई नष्ट गर्ने क्रममा बसौलाले आफूबाट गल्ती भएको र त्यसका लागि नगरपालिकाले २० हजार जरिबाना तोकेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्