पूर्वाधार वाच, हेटौंडा ।
बागमती प्रदेश सरकारले सडक निर्माणका लागि मात्र ७ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेको छ । शनिबार प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८१/८२ बो बजेट प्रस्तुत गर्दै आर्थिक मामिमलामन्त्री जगन्नाथ थपलियाले प्रदेश सडक यातायात गुरुयोजना बनाएर काम गर्न ७ अर्ब ७८ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।
गुरुयोजनामा प्रदेश लोकमार्गमा २० वटा र प्रदेश मार्गमा २३० वटा सडक राखिए छ । बागमती प्रदेशभित्र पहिलो पटक गुरूयोजना बनाएर सडक निमार्ण, मर्मतसम्भारमा बजेट बिनियोजन गरिएको भौतिक पूर्वाधारमन्त्री युवराज दुलालले जानकारी दिए ।
संघीय सरकारसँगको समन्वयमा प्रादेशिक सडकको निर्धारण गरेर गुरूयोजना बनाइएको मन्त्री दुलालले बताए । बागमती सरकारले सडक, पुल र झोलुङ्गे पुलका लागि २ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्