images
images
images

विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त

images

पूर्वाधार वाच, काठमाडौं ।

विश्व बैंकको नेपालका लागि राष्ट्रिय निर्देशकमा डेभिड सिस्लेन नियुक्त भएका छन् । उनल् काठमाडौंस्थित विश्व बैंकको उपक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नेछन् ।

अमेरिकी नागरिक डेभिड यसअघि ल्याटिन अमेरिका र क्यारिबियन मुलुकहरुका लागि विश्व बैंकका तर्फबाट शहरी व्यवस्थापन र विपद् जोखिम न्यूीकरणसम्बन्धी व्यवस्थापकका रुपमा कार्यरत थिए ।

उनीसँग विश्व बैंकमा रहेर युरोप, ल्याटिन अमेरिका, अफ्रिका, पूर्वी एसिया र एसिया प्रशान्त क्षेत्रमा पूर्वाधार, सहरी विकास तथा प्रकोप जोखिम व्यवस्थापनसम्बन्धी प्रबन्धक भएर काम गरेको अनुभव छ । निवर्तमान निर्देशक फारिस हदाद जर्भोसको कार्यकाल सकिएसँगै विश्व बैंकले डेभिडलाई नयाँ निर्देशकका रुपमा नेपाल पठाएको हो ।

अर्थ मन्त्रालयले एक औपचारिक कार्यक्रम गरी फारिसको बिदाई र डेभिडको स्वागत गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार साँझ आयोजित एक कार्यक्रममा एकैसाथ उनीहरुको स्वागत र बिदाई गरे ।

कार्यक्रममा मन्त्री पुनले नयाँ निर्देशक डेभिडको कार्यकाल सुखद रहने विश्वास व्यक्त गरेको मन्त्रीको सचिवालयद्वारा जारी प्रेस नोटमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्