पूर्वाधार वाच, काठमाडौं ।
कपिलवस्तु जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकाले नगरपालिकामा नियमविपरीत नियुक्ति भएका स्वकीय सचिव र सल्लाहकारहरूलाई झण्डै साढे ५ लाख रुपैयाँ बाँडेको छ ।
नगर प्रमुख र उपप्रमुखले स्वकीय सचिव, प्रेस सल्लाहकार र कानुनी सल्लाहकारका रूपमा नियम विपरीत नियुक्त गरी ५ लाख ४९ हजार ८५७ रुपैयाँ ३३ पैसा भुक्तानी गरेको गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
लुम्बिनी प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७६ मा यस प्रदेशमा स्थानीय तहका प्रमुख तथा उप प्रमुखले स्वकीय सचिव र सल्लाहकार राख्न पाउने व्यवस्था गरेको छैन् ।
यस्तै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ ९८० मा तोकिएको भन्दा फरक पदमा कर्मचारी पदपूर्ति गर्न नहुने उल्लेख छ । तर यस नगरपालिकाले मनोमानी रूपमा नियम विपरीत स्वकीय सचिव, प्रेस सल्लाहकार, कानुनी सल्लाहकार लगायतका पद सिर्जना गरी मनामौजी तलब भत्ता बाँडेको महालेखा परीक्षकको कार्यालयले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्