images
images
images

बिजुली मर्मत गर्न पोलमा चढेका युवकको करेन्ट लागेर मृत्यु

images

पूर्वाधार वाच, कैलाली ।

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। चुरे गाउँपालिका १ बस्ने अन्दाजी ३३ वर्षीय रोजबहादुर बमको करेन्ट लागेर मृत्यु भएको हो।

सोही गाउँपालिकाको दिगडामा बिजुलीको तार मर्मत गर्न पोलमा चढेका उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्