images
images
images

हिमालयन बैंकको दुई शाखा स्थानान्तरण

images

पूर्वाधार वाच, काठमाडौं ।

हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरूमध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी आइतबारदेखि थापाथलीबाट सञ्चालनमा ल्याएको छ।

उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले बैंकका अन्य कर्मचारीहरूको उपस्थितिमा गरेका हुन्।

यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका वडा नं १ मेन रोड नारायणगढबाट आइतबारदेखि नै मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको छ।

हाल बैंकले १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटिएम हजार पाँच सयभन्दा बढी पिओएस टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्