पूर्वाधार वाच, काठमाडौं ।
धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार १८.७६ अंकले घटेर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज नेप्सेसँगै कारोबार रकम पनि घटेको हो ।
यस दिन नेप्से ०.८९ प्रतिशतले घटेर २०७६.४९ विन्दुमा बन्द भएको छ । चार अर्ब पाँच करोड रुपैयाँको शेयर कारोबार भएको हो ।
आइतबार भने पाँच अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो । आज ४० कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ । नौ कम्पनीको शेयर मूल्य भने स्थिर छ ।
समाज लघुवित्त वित्तीय संस्थाको शेयर प्रतिकित्ता २१९ रुपैयाँले बढेर दुई हजार ४०९ रुपैयाँ कायम भएको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य भने १० प्रतिशतले घटेको छ ।
कारोबारमा आएका १३ समूहकै परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा बैंकिङ समूह छ । यो समूहको परिसूचक १.१६ प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्