images
images
images

१६६ मिटर खनियो सिद्धबाबा सुरुङ, भौतिक प्रगति कति ?

images

पूर्वाधार वाच, काठमाडौं ।

सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा सुरुङ १ सय ६६ मिटर खनिएको छ । आयोजनाका अनुसार कुल १ हजार १३६ मिटरमध्ये आइतबारसम्म १६६.२८ मिटर खन्ने काम पूरा भएको छ ।

उत्तरतर्फबाट ७६.१२ र दक्षिण तर्फबाट ९०.१६ मिटर खनिएको छ । यससँगै सुरुङको भौतिक प्रगति १२.६३ प्रतिशत पुगेको छ ।

आयोजनाले सार्वजनिक गरेको विवरण अनुसार बाइपास प्रथमतर्फ ३८.१ मिटर खनिएको छ । बाइपास दोस्रो ३५.३ मिटर र बाइपास तेस्रो ३४.१ मिटर खनिएको छ ।

स्लोप प्रोटेक्सनतर्फ दक्षिणतर्फ १४ सय ९५ वर्गमिटर बराबरको काम भएको छ । यहाँ कुल २३ सय वर्गमिटरमा स्लोप प्रोटेक्सनको काम गरिने छ । उत्तरतर्फ ४९५ वर्ग मिटर काम भएको छ ।

आयोजनाको वित्तीय प्रगति भने १७.५ प्रतिशत पुगेको आयेजनाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्