पूर्वाधार वाच, काठमाडौं ।
गुल्मीको मदाने गाउँपालिकाले वडा नं. १, २ र ६ का ४२ जना स्थानीयलाई दोहोरो नागरिकता नम्बरमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार गाउँपालिकामा उक्त दोहोरो नागरिकता नम्बरमा १७ लाख ३४ हजार ४४ रुपैयाँ भुक्तानी गरेको छ ।
वडाले हरेक वर्ष लाभग्राहीको विवरण एकीकृत प्रणालीमा प्रविष्टि गरी अद्यावधिक गर्ने जिम्मेवारी सम्बन्धित स्थानीय तहको हुन्छ । तर गाउँपालिकाले ठूलो संख्यामा दोहोरो नागरिकता नम्बर प्रयोग भई सामाजिक सुरक्षा भत्ता वितरण हुँदा समेत गम्भीरतापूर्वक काम नगरिएको देखिएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को दफा १२ मा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका सामाजिक सुरक्षा सम्बन्धी सूचनालाई व्यवस्थित गर्न, स्थानीय तह, विभाग र बैंक र वित्तीय संस्था बीच प्रणालीगत सम्बन्ध स्थापना गरी सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी र पारदर्शी बनाउन केन्द्रीकृत व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको छ ।
तर के कसरी नागरिकता नम्बर दोहोरो भएको हो पालिकाबाट यकिननै नगरी सिधै लाखौं भुक्तानी दिँदा महालेखाले यसलाई सैद्धान्तिक बेरुजु भनेको छ ।
यसरी सीमित वडामा एउटै नागरिकता नम्बरबाट फरक फरक व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएपछि लाभग्राहीको विवरण समेत अद्यावधिक गरी भत्ता वितरण गर्न महालेखाले प्रतिवेदनमा भनेको छ ।
यस्तै गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ अनुसार आफ्नो क्षेत्रभित्रको आधारभुत तथ्यांक संकलन, अभिलेखांकन र व्यवस्थापन नगरोको महालेखाले उल्लेख गरेको छ ।
कार्यालयको श्रेष्ता र बैंकबीचको हिसाब फरक परे वा नपरेको सम्बन्धमा बैंक हिसाब मिलान विवरण तयार नगरेको कारण हिसाब मिलान भए नभएको सम्बन्धमा यकिन गर्न नसकिएको समेत महालेखाले बताएको छ ।
नामावली…



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्