images
images
images

भजनीका मेयर र उपमेयरले राखे नियमविपरीत स्वकीय सचिव, साढे ४ लाख तलब भुक्तानी

images

पूर्वाधार वाच, काठमाडौं ।

कैलालीको भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरी र उपप्रमुख राजु तिरुवाले नियमविपरीत स्वकीय सचिव राखेको पाइएको छ ।

नगर प्रमुख र उपप्रमुखलाई सचिवालय व्यवस्थापन गर्न सहायकस्तर पाँचौ सरहको सुविधा दिने गरी स्वकीय सचिवका रुपमा धनसिंह कुडमाल क्षेत्रीलाई नियुक्त गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

नियमविपरीत स्वकीय सचिवको नियुक्ति पाएका क्षेत्रीलाई यस वर्ष नगरपालिकामार्फत् ४ लाख ५१ हजार ४९० रुपैयाँ तलब भुक्तानी गरिएको छ ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ विपरीत भजनी नगरपालिकाको कार्यसंचालन निर्देशिका, २०७९ को २० (१) को व्यवस्था गैरी स्वकीय सचिव नियुक्तिको गैरकानुनी बाटो खुलाएको समेत महालेखाले जनाएको छ ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ मा पालिका प्रमुख र उपप्रमुखलाई स्वकिय सचिव सम्बन्धी कुनै सुविधाको व्यवस्था गरिएको छैन । तर भजनी नगरपालिकाले भने गैरकानुनी ढंगले पाचौं तहको तलबसुविधासहित स्वकीय सचिव नियुक्ति गरेका हुन् ।

यसाे भन्छ महालेखा :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्