images
images
images

बाढीपहिरोले मकालुमा २४ घर विस्थापित

images

पूर्वाधार वाच, सङ्खुवासभा ।

सङ्खुवासभाको मकालु गाउँपालिका–६ सागसेवामा आएको बाढीपहिरोले २४ घर परिवार विस्थापित भएका छन् ।

एक सातासम्म लगातार परेको वर्षापछि गुहे खोल्सामा आएको बाढीपहिरोले २४ घर उच्च जोखिममा परेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।

उच्च जोखिममा परेका ती परिवारहरुलाई आफन्तको घरमा सुरक्षित स्थानान्तरण गरिएको उनले बताए । बाढीपहिरोले मानवीय क्षति भने भएको छैन । क्षतिको विवरण सङ्कलनको काम भइरहेको प्रजिअ खड्काले जानकारी दिए ।

उनका अनुसार खोल्साको बाढीले सडकसमेत बगाएको छ । भोटखोला गाउँपालिका–४ मा पर्ने लामाबगर माथिबाट आएको पहिरोले करिब ३० मिटर सडक बगेको छ ।

सोही स्थानमा रहेको खाल्डे खोला माथिबाट आएको पहिराले ३५ मिटर सडक पुरेको प्रजिअ खड्काले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्