images
images
images

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम कति ?

images

पूर्वाधार वाच, काठमाडौं।

नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ ।  आइतबार नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा अरोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले घटेर ३६४.४२ विन्दुमा रोकिएको नेप्सेले जनाएको छ ।

आज ३१७ कम्पनीका ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर ४ अर्ब  ३७ करोड ४५ लाख ९७ हजार ४५८ मा खरिदबिक्री भएका छन् ।

आज रिलाइन्स फाइनान्स,गणपति लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय, मैलुङ्ग खोला जल विदयुत र नेपाल फाइनान्सको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ  ।

आज नेपाल फाइनान्सको १३ करोड, रिलाइन्स फाइनान्सको १३, माउन्टेन इनर्जीको ११ करोड माण्डू हाइड्रोको ९ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै आज ग्लोबल आइएमई लघुवित्त वित्तीयका लगानीकर्ताले सबैभन्दा बढी ६.५८ प्रतिशतले गुमाएका छन् । त्यस्तै सनराइजको ५.२४, कालिका लघुवित्त वित्तीयको ५.१८ र उपकार लघुवित्त वित्तीयको ५.११ प्रतिशतले घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्