पूर्वाधार वाच, काठमाडौं ।
अछामको चौरपाटी गाउँपालिकाकी उपाध्यक्ष सरदेवी खड्काले गाउँपालिकाबाट नियमविपरीत दोहोरो सुविधा लिएको भेटिएको छ ।
उनले नियमविपरीत १ लाख ८ हजार रुपैयाँ गाउँपालिकाबाट बढी भुक्तानी लिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी ऐन, २०७५ मा सवारी साधन र इन्धनको सुविधा प्रयोग गर्ने पदाधिकारीलाई यातायात खर्च बापतको रकम उपलब्ध नगराउने व्यवस्था छ ।
तर पालिकाले उपाध्यक्ष खड्कालाई सवारी साधन र इन्धनको सुविधा दिइरहेको अवस्थामा नियमविपरीत पुनः यातायात खर्च बापतको सुविधा प्रति महिना ९ हजार रुपैयाँका दरले वर्षभरि १ लाख ८ हजार रुपैयाँ बढी उपलब्ध गराएको हो ।
उक्त ऐन विपरीत भएको बढी भएको रकम उपाध्यक्ष खड्काबाट असुल गर्न समेत महालेखाले निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्