images
images
images

पलाँता गाउँपालिका अध्यक्ष र उपाध्यक्षका भान्छेलाई नियमविपरीत लाखौं तलब भुक्तानी

images

पूर्वाधार वाच, काठमाडौं ।

कालिकोटको पलाँता गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर रोकाया र उपाध्यक्ष अलैपुरा जैशीले नियमविपरीत भान्से नियुक्त गरेको पाइएको छ ।

अध्यक्ष रोकायाका भान्से दीपेन्द्र बहादुर हमाल र उपाध्यक्षका भान्से रवीन्द्र रोकायालाई मासिक १८ हजार रुपैयाँ गैरकानुनी रूपमा तलबसमेत भुक्तानी गरेको महालेखा परीक्षकको कार्यालयले जानकारी दिएको छ ।

स्थानीय तहका पदाधिकारीले पाउने सेवा सुविधाभन्दा बढी प्रयोग गरी भान्से राखी लेखिएको खर्च नियमसंगत देखिएन । महालेखाले भनेको छ ।

भान्सेलाई भुक्तानी दिएको तलब बराबरको ४ लाख ३२ हजार रुपैयाँ अध्यक्ष र उपाध्यक्षबाट असुल्न समेत निर्देशन दिइएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार पदाधिकारीले तोकिएको सेवा सुविधा बाहेक अरू थप सेवा सुविधा लिन नपाउने व्यवस्था रहेको छ । भने स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३(८) मा नगर प्रहरी, सवारी चालक, सयस, बगैंचे, प्लम्बर लगायतका पद तथा सेवामा बाहेक करारमा नियुक्त गर्न नपाइने व्यवस्था छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्