पूर्वाधार वाच, काठमाडौं ।
अफगानिस्तानले बंगालदेशलाई ११६ रनको लक्ष्य दिएको छ । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाउदै ११५ रन बनाएको हो ।
अफगानिस्तानका लागि रह्मतुल्लाह गुरबाजले सर्बाधिक ४३ रन बनाए भने कप्तान राशिद खानले १९ रन बनाएका थिए । त्यस्तै बंगलादेशका बलर रिशाद होसैनले ३ विकेट लिएका थिए ।
सेमिफाइनलमा पुग्न अफगानिस्तानलाई यो खेल जित्न अनिवार्य छ । त्यस्तै बंगलादेशले यो लक्ष्य १२.३ ओभरमा पुरा गरेमा सेमिफाइनलमा पुग्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्