पूर्वाधार वाच, काठमाडौं
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आइसिसी’ले बुधबार आइसिसी टी–२० को वरीयता सार्वजनिक गरेको छ । नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेर १७औँ स्थानमा उक्लिएको हो।
नेपाल यसअघि १८औं स्थानमा थियो। अमेरिका एक स्थान तल झर्दा शीर्षदेखि २० सम्मका अन्य टोली यथावत छन्। आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार यसअघि १७औं स्थानमा रहेको अमेरिका १८औं स्थानमा पुगेको छ ।
नयाँ वरीयतामा नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीको एक स्थान तल झरेका छन् ।यसअघि छैटौँ स्थानमा रहेका ऐरी नयाँ वरीयतामा सातौँ स्थानमा पुगेका हुन् ।
यसैगरी ब्याटिङ वरीयतामा ऐरी ४६ औँ स्थामा छन् भने कप्तान रोहित पौडेल ६१ औँ स्थानमा छन् । आशिफ शेख ७० औँ स्थानमा पर्न सफल भएका छन् ।
ट्वान्टी–२० बलिङ वरीयताको शीर्ष १०० मा भने नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरी मात्रै अटाएका छन्। नयाँ वरीयता अनुसार तीव्र गतिका बलर सोमपाल ९१ औँ स्थानमा यथावत् छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्