पूर्वाधार वाच, जाजरकोट ।
पहिरोले पुरिएर जाजरकोटमा एक बालकको मृत्यु भएको छ । भेरी नगरपालिका–५ इबरका रमेश विकका ५ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो ।
गए राति परेको बर्षातका कारण आएको पहिरोले घर पुर्दा ती बालकको मृत्यु भएको हो । पहिरोमा परी बुबा रमेश घाइते भएका छन् ।
उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । ६ जनाको परिवार अरू सबै सकुशल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्