images
images
images

नयाँ गठबन्धनको सरकारमा रास्वपा सहभागी नहुने

images

पूर्वाधार वाच, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी अब बन्ने नयाँ गठबन्धनको सरकारमा सहभागी नहुने भएको छ । कांग्रेस र एमालेबीच सत्ता समीकरणका लागि सहमति भएपछि मंगलबार बिहान सिंहदरबारमा बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनको सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले अब बन्ने नयाँ सरकारमा आफ्नो पार्टी सहभागी नहुने बताए । उनका अनुसार कांग्रेस(एमालेको नयाँ सरकार गठनको प्रक्रिया अघि बढेलगत्तै रास्वपाका मन्त्रीहरूले राजीनामा दिनेछन् ।

‘हामी नयाँ गठबन्धनमा सहभागी हुँदैनौँ र सरकारमा पनि जाँदैनौँ,’ उनले भने । प्रमुख सचेतक परियारका अनुसार नयाँ सरकार बन्ने प्रक्रिया अघि बढे रास्वपाका मन्त्रीहरूले पदबाट राजीनामा दिनेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपाका चार मन्त्री छन् ।

रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, डीपी अर्याल श्रममन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्