images
images
images

नेप्सेमा दुई पटक सर्किट ब्रेक, ४० मिनेटका लागि बजार बन्द

images

पूर्वाधार वाच, काठमाडौं ।

सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पुनः शेयर बजार ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।

मङ्गलवार पहिलो सर्किट ब्रेक खुलेको एक मिनेट नबित्दै दोस्रो सर्किट ब्रेक लगेर ४० मिनेटका लागि सेयरको खरिदबिक्री बन्द भएको हो ।

बजार खुलेको एक मिनेटमै पहिलो सर्किट ब्रेक लगेर २० मिनेटका लागि कारोबार बन्द भएको थियो । जहाँ एक मिनेटमै ८२.४८ अङ्कले २१३५.८७ को बिन्दुमा पुगेको थियो ।

दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२.६८ अङ्कले बढेर २१५६.०७ बिन्दुमा पुगेको छ ।

अब तेस्रो पटक सर्किट ब्रेक लागेमा आजको लागि शेयर कारोबार बन्द हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्