पूर्वाधार वाच, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले एक लाख रुपैयाँ घुससहित एक इन्जिनियरलाई नियन्त्रणमा लिएको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिकामा अधिकृतस्तर छैटौं, सिभिल इन्जिनियर पदमा कार्यरत मो. अख्तर हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस लिएको अख्तियारले दाबी गरेको छ ।
उक्त रकम घुस लिइसकेको अवस्थामा फुङलिङ नगरपालिका, वडा नं. ४ न्यूरोड ट्याक्सी स्ट्यान्डबाट सोमबार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्