images
images
images

रिटायर्ड सचिव अधिकारी प्रतिनिधि सभाको सचिव नियुक्त

images

पूर्वाधार पाच, काठमाडौं ।

प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गरेका हुन्।

उनलाई संविधानको धारा १०६ उपधारा १ बमोजिम नियुक्त राष्ट्रपति कार्यालयले जनाएको छ। सभामुख देवराज घिमिरेले पूर्वसचिव अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए।

अधिकारी शिक्षा मन्त्रालयको सचिवबाट केही समयअघि मात्र रिटायर्ड भएका थिए। उमेर हदका कारण प्रतिनिधि सभाको सचिवका रूपमा अधिकारीले दुई वर्ष काम गर्नेछन्। संखुवासभामा जन्मिएका अधिकारीले राजनीति शास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्